जनबिकास कपको उपाधिमाथी रघुनाथपुरको कब्जा

२०८२ कार्तिक २७, बिहीबार २१:०५

जनकपुर ,२६ कार्तिक।धनुषाको सबैला नगरपालिकामा सम्पन्न दोस्रो जन विकास कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरले जितेको छ । मंगलवार सम्पन्न फाइनल खेलमा रघुनाथपुर टिमले २० रनको अन्तरसहित आयोजक टिम जन विकास यूवा क्लब सबैला नगरपालिका वडा नम्बर १ सवैलालाई पराजित गर्दै जित हासिल गरेको हो ।

टस जितेर ब्याटिङ थालेको टिम रघुनाथपुरले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउदै १४७ रन जोड्दै १४८ रनकाे लक्ष्य आयोजक टिम लाई दिएकाे थियाे ।दोश्रो पारी खेल्दै आयोजक जन विकास यूवा क्लब टिमले १७ ओभरमा पूरा विकेट गुमाएर मात्र १२८ रन मात्र बनाउन सकेको थियो ।जसमा २० रनको अन्तरसहित आयोजक टिमलाई पराजित गर्दै उक्त उपाधि माथी रघुनाथपुर टिम बिजेता घोषित भएको हो ।

बिजेता टिम रघुनाथपुरलाइ २५००० /- रुपैया नगद ,कप, मेडल र प्रमाणपत्र र उप बिजेता टिम आयोजक जन विकास यूवा क्लब सबैला १ लाइ १५०००/-रुपैया नगद , कप , मेडल र प्रमाणपत्रसहित सम्मानित गरिएको छ ।

तिहार तथा छठ पर्वको अवसरमा जन विकास यूवा क्लबको आयोजनामा गत कार्तिक १ गतेदेखि श्री फकिर चन्द्र गामी उच्च मा. बि. बरकुर्वा बिधालयको खेल मैदानमा सुरु भएको क्रिकेट टुर्नामेन्ट मा २४ वटा टिमकाे सहभागीता थियाे ।

विजेता र उप विजेता टिमलाई खेलका प्रमुख अतिथि सबैला नगरपालिकाको नगर प्रमुख श्री कारीराम यादव र विशिष्ट अतिथि श्री राम बाल यूवा क्लबका प्रतिनिधि अरबिन्द राउतले उपाधि तथा नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

क्लबका अध्यक्ष सुशिल कुमार राउतको अध्यक्षतामा भएको समापन खेलका प्रमुख अतिथि सबैला नगरपालिकाको नगर प्रमुख श्री कारीराम यादव रहेको थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार