जनकपुर ।कार्तिक पुर्णिमाको अवसरमा बुधबार पुर्णिमा मेला हेर्न गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।
प्रत्येक वर्ष कार्तिक पुर्णिमाको दिन कमलामा स्नान गरेपश्चात शुद्धि प्राप्ति हुने मान्यता रहेको छ ।
जसक्रममा सिरहाको कल्यानपुर नगरपालिका ४ डरौलकी १६ बर्षिय आशा कुमारी महराको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बर्ष १६ कि आसा कुमारी महरा संगै उनकै बहिनीहरु वर्ष १५ कि अनिशा कुमारी महरा , वर्ष १६ कै शिवानी कुमारी महरा तिनै जना पौडी खेल्न नदीमा एकैसाथ हाम फालेकी थिइन् जसमध्ये आशाको डुबेर मृत्यु भएको हो।

मृत आशा धनुषाको सबैला नगरपालिका ४ पटेर्वा घाटमा डुबेर शहिदनगर नगरपालिका १ बेमरखिको रामघाटमा मृत फेला परेकी हुन्।
कार्तिक पुर्णिमाको बिहानीपख डूब दिए शुद्धि संगै पुण्य प्राप्त हुने मान्यताको साथ मंगलबारसांझदेखि नै स्नान गर्ने र मेला हेर्न आउनेहरुको कमला आसपासका गाउठाउमा अन्य बर्षको तुलनामा अधिक रहेको थियो ।
धनुषा र सिरहाको बिचको नदि कमला , उत्तरबाहिनी नदि लगायतको नदीहरुमा कमला स्नान गर्नेहरु तथा घरको देव पुजाको लागी स्नान पश्चात शुद्धि पाउनेहरुको भिडभाड रहेको थियो ।
मृत शवलाइ पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याउन लगिएको हो।


