जनकपुर । पुर्व पश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेंद्रबजारमा बसले अटोरिक्सालाई ठक्कर दिदा ४ जनाको मृत्यु भएको छ भने २ बालबालिका गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा गणेशमान चारनाथनगरपालिका १ भरतपुरका अटोरिक्सालाई अन्दाजी ४० वर्षीय रिक्साचालक डम्बर राई, यात्रुहरु स्थानीय अन्दाजी ४० वर्षीय धनबहादु पुर्वछाने मगर, ३५ वर्षीय सम्भु पुर्वछाने मगर र ३५ वर्षीय निशा मगर रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जनाए ।दुर्घटनामा रिक्सा चालक राइ बाहेक सबैजना एकै परिवारका सदस्य रहेको बुझिएको छ ।

शनिबार साँझ ७ बजे बिराटनगर धनगढी जाँदै जादै गरेको सु.प्र. ०१-००१ ख ३२८८ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्र. २-०१-००१ ह १२३० नम्बरको अटो रिक्सालाई पुर्व पश्चिम राजमार्ग अन्तर्गत गणेशमान चारनाथ नगरपालिका १ बिरेंद्रबजारमा ठक्कर दिएको प्रहरी निरीक्षक तोसिले बताए ।
दुर्घटनामा परि १४ बर्षका सितल मगर संगै ९ बर्षका रोसन मगर घाइते भइ जनकपुरको न्युरो अस्पतालमा उपचारारत छन् ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले बताए ।


