जनकपुर।धनुषाको एक सामुदायिक बिधालयमा वडाध्यक्षले शैक्षिक सामाग्री वितरण गरेका छन । आइतबार जिल्लाको सवैला नगरपालिका ३ को वडाध्यक्ष ताहिर हुसैनले वडा नं ३ कै एक सामुदायिक बिधालय शहिद शम्भु राप्राबिमा प्रति बिधार्थी ३००० रुपैया बराबरको शैक्षिक सामाग्री वितरण गरेका हुन ।
छात्रवृतिमा प्रति बिधार्थी १२ प्रति अभ्यास पुस्तिका ,१ प्रति ब्याग ,१ प्रति छाता ,१ प्रति टिफिन बक्स ,औजार बक्स ,परिक्षा प्याड ,रंगिन सिसाकलम ,सिसाकलम ,कलम ,पानि बोतल सहित ८६ विधार्थी लाभान्वित भएका छन।छात्रवृतिको लागी बिधार्थीहरुमध्ये नियमित उपस्थिति जनाएका विधार्थीलाई प्राथमिकतामा राखी उक्त सामाग्री वितरण गरिएको हो ।

निजि बिधालयको थपिने क्रम बढ्दै जादा बढी बिधार्थी निजि तर्फ नै अग्रसर भएको र दिनानुदिन सामुदायिक बिधालयको अध्ययन अध्यापनप्रति आम नागरिककों बिश्वास खस्किदै गएको प्रति स्थानीय सरकारले कुनै कदम चालेपनी नागरिक समाजको बिना साझेदारी र सहयोग कार्यान्वयन हुन् पूर्ण सफल हुन् नसक्ने नगरपालिका सवैलाको प्रमुख प्रसासकिय अधिकृत सबिर महतोले बताए ।
शहिद शम्भु राप्रावीमा जम्मा बिधार्थिहरुको संख्याको ८० प्रतिशत बिधार्थी दलित समुदायबाट रहेको छ , दलित समुदायकै बिचमा बिधालय रहेकोले दलित विधार्थीलाई लक्षित गरी अभिभावक ,नागरिक समाज र बिधालय व्यवथापन समितिले समयसमयमा बिधार्थिहरुको हाजिरी ,आन्तरिक मुल्यांकन र शिक्षक शिक्षिकाको उपस्थितिबारे जगेर्ना गर्नुपर्ने संस्थापक सदस्य रोशन यादवले बताउनुभयो ।
समाजमा अनेकथरीका परिवार छन् ,सवै पूर्ण रुपमा आफ्नो बच्चालाई निजि बिधालयमा पठनपाठन गराउन समर्थ छैन । आर्थिकस्तर न्यून भएकाहरु निजि बिधालयको आर्थिक भार थेग्न सक्दैन ,त्यसकारण आफ्नो वडा मातहतका बिधालयमा बिधार्थिको र अभिभावकको सहजतालाई ध्यानमा राखी अंग्रेजी माध्यममा पठनपाठन गराउन पहल गर्ने वडाध्यक्ष ताहिर हुसैनले जनाउनुभयो । कैयौ बर्षदेखी बिधालय व्यवस्थापनबिहिन छन् त्यसतर्फपनि प्रअ नन्दकिशोर साहको समन्वमा चाडै व्यवस्थापन समिति गठन गरिने समेत बताउनुभयो ।
कार्यक्रममा नागरिक समाज ,बिधार्थी , अभिभावक ,महिला लगायत बुद्धिजिबीहरुको सहभाहिता रहेको थियो ।


