धनुषामा बढ्दो लागुऔषध कारोबार र कारोबारी,ब्राउन सुगरसहित दुइ युवक पक्राउ

२०८२ आश्विन २१, मंगलवार २३:०५

जनकपुर । गत असोज महिनाकै अंतरालको लागुऔषधको घटनाहरुलाई औल्याउदै जाने हो भने साँच्चिकै लागुऔषध कारोबार र कारोबारीहरुको संख्यामा एकाएकी वृद्धि भएको अनुमान गर्न सकिन्छ ।कहिँ लागुऔषध कारोबारी त कहिँ लागुऔषध सेवनकर्ता प्रहरीको फन्दा परेकै हो ।

गत सोमबार जिल्लाको गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहास्थितको पुर्व पश्चिम राजमार्ग अन्तर्गत प्रहरीले चेकजाचको क्रममा दुइ युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
३७.०९ ग्राम ब्राउनसुगरसहित बा.प्र.०३-००३ प २०८७ नम्बरको मोटरसाइकलमा सवार सिरहा मिर्चैया नगरपालिका ७ को २४ बर्षिय निरन्जन यादव र सप्तरी राजविराज नगरपालिका ९ को ३१ बर्षिय रोहन कुमार सिंहलाइ इलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैलाई सोधपुछ गर्दा पछाडी सवार निरन्जन यादवले भाग्न खोजेको र भाग्ने क्रममै आफ्नो साथमा रहेको ब्राउन सुगर खोलामा फालेको थियो .जसको तत्कालै प्रहरीले खोलामा हाम फाली उक्त लागुऔषध पानीबाट फेला पार्न सफल भएको थियो।

दुबैलाई सम्मानित अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको हो ।

असोज महिनामा लागुऔषधको घटनाक्रम :

घटना १ . गत अशोज १ गते धनुषाको विदेह नगरपालिका ३ जोगियारास्थित हनिफ मन्सुरीको भगबत्ती फिक्स इँटा भट्टामा लुकाइछिपाई राखेको अवस्थाबाट २५ पोकामा राखिएको ४७५ किलो प्रतिवन्धित लागुऔषध गाँजासहित दुइ जनालाई पक्राउ गरेको थियो ।

घटना २ . गत असोज ३ गते विदेह नगरापालिकाकै वडा न. ३ गोबराहीस्थित बाँसघारीमा लुकाईछिपाई राखेको अवस्थामा शसस्त्र प्रहरी धनुषाले ८३५ किलो गाँजा बरामद बरामद गरेको थियो ।

यसरी यी तिन घटनालाई मात्र आधार बनाएर जाने हो भने धनुषामा लागूऔषध कारोबारीको संख्यामा ह्वात्तै वृद्धि भएको हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार