सबैलामा अनाधिकृत आधा दर्जन कबाडा संचालित,चोरीको समान खरिदमा प्राथमिकता

२०८२ भाद्र १३, शुक्रबार २०:५१

जनकपुर ।शुक्रबार बिना कागजातको मोटरसाइकल खरिद गरेको आरोपमा एक कबाडखाना संचालकलाई  प्रहरी चौकी बरमझियाले मोटसाइकलसहित प्रहरी चौकीमा उपस्थित हुन् निर्देशन दिएको छ ।

धनुषाको सवैला नगरपालिकाको वाडा नं १२ रघुनाथपुर स्थितको नहर चौकमा संचालनमा रहेको कबाड संचालक बिज्यानन्द महतोले केहि दिन अगाडी मात्रै ज.३ प. ७३१ नम्बरको हिरो होण्डा  मोटरसाइकल ५ हजारमा खरिद गरेको र पूर्ण रुपमा उक्त गाडीको कागजात रहेको दाबी गरिएपनि अनुसन्धानको क्रममा खोतल्दै जादा चोरीको रहेको पाइएको छ ।

बारम्बार ती कबाड संचालक कुनै न कुनै समान चोरीको खरिद गरेको आरोपमा फस्दै आएको हो ।गत बर्ष पनि चोरीको साइकल र पानि तान्ने मोटर खरिद गरेको आरोपमा समानसहित पक्राउ परेको र मिलाएर छुटेको एक स्थानिय बताउछन ।

यति मात्रै होइन,सबैला नगरपालिकाभित्र आधा दर्जन बढी अबैध कबाड़खाना संचालनमा छन जसको कानुनि रुपमा न कुनै कागजात न कुनै अनुमति नै नरहेको व्यवसाय दर्ता  शाखाको दस्तावेजले देखाएको छ ।

यी कबाड संचालकहरुले चोरीको मोटरसाइकल ,साइकल ,पानि तान्ने मोटर , ट्रयाक्टर , टेलर , फ्रीज , पंखा , एसी , कुलर , सिपियु लगायतका सामान दिउसो खरिद गरी राति नै ग्यास कटरको मदतले काटेर बिहान ट्रकमा लोडगरी भारत पठाउने गरेको छ ।

प्राप्त जानकारी अनुसार यी कबाडखाना संचालकहरुले कबाड भारत पठाउदा बाहिरबाट प्यान वा भ्याट बिल बनाउने गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार