नेपाल प्रहरीको महानिरीक्षकमा खापुंग नियुक्त

२०८२ भाद्र १३, शुक्रबार १५:२७

काठमाडौं ।   नेपाल सरकारले नेपाल प्रहरीको ३२ औ महानिरीक्षकमा चन्द्रकुवेर खापुन्गलाइ नियुक्त गरेको छ l महानिरीक्षक खापुन्गले भदौ १९ गतेदेखि कार्यभार सम्भाल्ने गरी नियुक्त भएको हो ।

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले प्रहरीमा नया नेतृत्व चयन गरेको हो ।  जसअन्तर्गत खापुंग ७१ दिनको लागी प्रहरी महानिरीक्षकमा चयन भएको हो ।

हालको प्रहरी महानिरीक्षक दिपक थापा १८ भदौमा अवकाश पाउने भएपछी खापुंग नियुक्त भएको हो ।

खापुंग हालका प्रहरी महानिरीक्षक दिपक थापासंगै इन्सपेक्टर भर्नामा आवेदन दिएकोमा नियुक्तिपत्र भने पांच महिनापछि मात्र पाएकाले ३० बर्षे सेवाहद बाकि रहदा आइजीपी बन्ने अवसर पाएका हुन् l  उनले २७ कार्तिक ०८२ सम्म प्रहरीको नेतृत्व गर्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार