तीजमा खुल्ला प्रतियोगीलाइ युवाको मंच

२०८२ भाद्र ११, बुधबार २१:४६

जनकपुर।हरितालिका तिजको अवसरमा सक्रिय केही युवाले सबैलामा विशेष प्रतियोगात्मक कार्यक्रमसहित खुल्ला मञ्च दिएका छन।

मंगलबार तिजको कार्यक्रमलाई प्रोत्साहित गर्दै गुराँस युवा क्लब सबैला र वर्षा आयलको सन्चालकले महिला दिदिबहिनीहरुको आस्था र निष्ठाको पर्व हरितालिका तिजलाइ खुल्ला रुपमा भव्यताका साथ मनाउन सांस्कृतिक कार्यक्रम आयोजना गरेका हुन।

कार्यक्रममा प्रतियोगीले तीज सम्बन्धित गायन र नृत्य सामाग्रीलाइ समेट्दै उक्त कार्यक्रम आयोजना गरेका हुन।

खासगरी तीजको लहर पहाडी भागमा देखिएपनि तराइमा पनि मनाउन कार्यक्रम आयोजना गरिएको थियो जसमा यो क्षेत्रमा पहिलो पटक यस्ता कार्यक्रम आयोजना गरिएको हुदा यसलाइ ऐतिहासिक कार्यक्रम भएको कार्यक्रम संचालक बैजु साहले बताए।

कार्यक्रममा सबैला नगरपालिका भित्रका विभिन्न गांउबाट महिला दिदिबहिनीहरुको सहभागीता रहेकोे थियो। कार्यक्रमको प्रतियोगीको रुपमा ५०भन्दा बढि सहभागी थिए जसमा प्रथम स्थान रघुनाथपुर निवासी सृष्टि श्रेष्ठ हासिल गरेकि छिन। बिजेतालाई २५ सय नगद रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिएको थियो भने अन्यलाई २ हजार १५सय नगद सहित ट्रफी समेत प्रदान गरिएको थियो।

कार्यक्रममा सहयोगिको रुपमा भुमिका निर्वाह गरिरहेको वर्षा आयल सेन्टरको संचालक अभिषेक महतोलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो।कार्यक्रममा सहयोग गर्न पाउदा आफू हर्षित रहेकोे अभिषेक महतोले बताए।

कार्यक्रमको आयोजक रहेकोे गुराँस युवा क्लब सबैलाको अध्यक्ष हरेराम यादवले गुराँस क्लब समाजिक कार्यमा सधै अग्रसरता देखाउने बताएका छन।आफुले हिन्दुहरुले धर्म सांस्कृतिक बचाउने गरि दशै ,होलि ,छठ र दिपावली लगायतको पर्वमा यस क्लबले अनेकौं कार्यक्रमहरु गर्दै आएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार