राजनीतिक खबरदारी तथा हस्ताक्षर कार्यक्रम गरी मनाइयो गणतन्त्र दिवस

२०८२ जेष्ठ १५, बिहीबार २२:४९

कुमारी दास, सिरहा।अन्तरपुस्ता महिलावादी मञ्च अनुपम अभियान सिरहाले आज देशव्यापी रुपमा गणतन्त्र दीवसको अवसरमा अन्तरपुस्ता महिलावादी मञ्चको आवश्यकता, राजनीतिक खवरदारीको महत्व र प्रक्रिया तथा आगामी वर्षको कार्यदिशा लगायत राजनीतिक सशक्तिकरणको विषयमा जानकारी दिदै सिरहामा प्रतिबद्धता हस्ताक्षर अभियान सम्पन्न गरेको छ ।

राज्यको हरेक तहमा महिलाको राजनीतिक सहभाहिता सुनिश्चित गराउन तथा ८४ मा “महिला पहिला” भन्ने मुल नाराका साथ हस्ताक्षर अभियान संचालन गरिएको छ । देशव्यापी अनुपम अभियान संचालन गर्नुको मुख्य कारण राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गरि स्वाभिमानी र आत्मनिर्भर विकासमा टेवा दिनु रहेको अन्तरपुस्ता महिलवादी मञ्चका अनुपम अभियन्ता धिरेन्द्र साहले बताएका थिए ।

नेपाल को अन्तरिम संबिधान २०७२ को धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सहभागिता हक सुनिश्चित गरेको छ । यस अनुसार, हरेक निकायमामा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य रहने ब्यबस्था गरिएको छ । तर यो कानुन संविधानको किताबमा मात्र सिमित रहेको सर्वविदीतै छ । यो संग वांझिएको अन्य धारा, ऐन, नियमहरु संशोधन गरी महिलाको अर्थपुर्व सहभागिता सुनिश्चितता गराउन दबाव दिने उद्देश्यले अभियान संचालन गरेको आयोजकले जनाएका थिए ।

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको ५१ प्रतिसत महिला रहेको देखिन्छ । तर नेतृत्व तहमा महिला सहभागिता निकै कम देखिन्छ । २०७४ र २०७९ सालको स्थानीय तहको निर्बाचनमा ७५३ पालिका मध्ये १७ पालिकामा मात्र महिलाको समानुपातिक सहभागिता भएको देखिन्छ ,जुन कुल प्रतिसतको २.५ प्रतिशत मात्र भएको पाइएको छ । पछाडी फर्केर हेर्ने हो भने संसारमा जहाँ महिलाले नेतृत्व गरेको छ त्यहाँ बिबाद, भ्रष्टाचार र अनियमित्तता एकदमै न्यून रहेको देखिन्छ जसले राष्ट्रको विकाशमा अहम भुमिका खेलेको देखिन्छन् । त्यसैले अब को अभियान महिलाहरुको समानुपातिकको आधारमा महिला नेतृत्व हुनुपर्छ भन्ने ब्यापक कुरा उठाइएको थियो । स्थानिय महिला स्थानीय रन्जु पासमानले अबको स्थानीय तहको चुनावमा हामी बाट महिला पहिला हुनेछ भन्ने एक्यबद्धता जनाउनु भएको थियो । त्यस्तै यो अभियानबाट तराइ मधेश समृद्धिको बाटो तर्फ लाग्छ भन्ने बिश्वास रहेको स्थानीय वासि राम सोभित पासवानले बताउदै अभियान सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार