जनकपुरधाम । प्याबसन सबैलाद्वारा नगरस्तरि हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।
नगरपालिका सवैलाको प्याबसन अन्तर्गत रहेको हाजिरी जवाफ प्रतियोगितामा आधारभूत जुनियर तर्फ आदर्श बिधा मन्दिर पहिलो , रोयल इङ्गलिश बोर्डिङ्ग स्कुल दोश्रो , सनराइज इङ्गलिश बोर्डिङ्ग स्कुल तेश्रो तथा इन्टरनेसल चिल्ड्रेन इङ्गलिश बोर्डिङ्गस्कुलले चौथो स्थान हासिल गरेका हुन ।
त्यस्तै आधारभूत सिनियर तर्फ रोयल इङ्लिस बोर्डिङ स्कुल पहिलो , इन्टरनेसनल चिल्ड्रेन इङ्गलिश बोर्डिङ्ग स्कुल दोस्रो तथा श्री जय मा दुर्गे इङ्लिस बोर्डिङ स्कुलले तेस्रो स्थान हासिल गरेका हुन ।
कार्यक्रममा आधारभुत सिनियरतर्फ ३ बिधालय र आधारभुत जुनियरतर्फ जम्मा १२ बिधालयको सहभागीता रहेका थिए ।
कार्यक्रमको प्रमुख आतिथ्य सवैला नगरपालिका ४ का वडाअध्यक्ष सत्यनारायण यादबले गरेका थिए भने आतिथ्य ग्रहण गरेकासरस्वती पुस्तक बिरेन्द्रबजारका सन्चालक ब्रहमदेव महतोले विद्यार्थीहरूको लागि सान्त्वना पुरस्कार उपल्बध गराएका थिए ।


