रौतहत।रौतहट जिल्लाको सदरमुकाम गौर भन्सार नजिक चेक प्वाइन्टमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले स्रोत नखुलेको रकम सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको जिल्ला सितामढी बैरगनिया –८ असोगी टोल बस्ने अन्दाजी वर्ष ४७ को प्रदिप कुमार वर्मा रहेको छ । वर्मालेचढेको मोटरसाइकलको भाईजर भित्र लुकाई छिपाई राखी ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया सहित पक्राउ परेको हो।
शस्त्र प्रहरी नायव उपरीक्षक राजेश श्रेष्ठका अनुसार भारतबाट नेपाल तर्फ आउदै गरेको BR 30 AC 7914 नम्बरको भारतियमोटरसाइकललाई शंकाको आधारमा चेकजांच गर्दा श्रोत नखुलेको ४ लाख ४० हजार रुपैयाँ सहित पक्राउ परेको हो
पक्राउ परेको वर्मा सहित मोटर साईकल Hero Splendor नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागि गौर भन्सार कार्यालयमारौतहटमा बुझाईएको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।


