जनकपुरधाम ,५ बैशाख ।धनुषाको सबैलामा बर्षेणि लाग्दै आएका चैती दुर्गाको अवसरमा यस पनि धुमधामसंग लागेको हो। मेलाको मुख्य आकर्षणको केन्द्रमानिने पालिका स्तरिय बिधालयहरुको बिधार्थिहरु द्वारा झिझिया महोत्सवको समेत आयोजना गरिएको थियो जसमा सबैला नगरपालिका भरिका सरकारी तथागैरसरकारी बिधालयमा अध्यनरत विद्यार्थीहरुले भाग लिएका थिए।
गाउँटोलको झिझिया टिम समेत गरि जम्मा ३०वटा झिझिया समुहको सहभागिता रहेको थियोे।
तीन दिन सम्म भएको उक्त प्रतियोगिता गत सोमबार बैशाख ३ गते अन्तिम प्रतिस्पर्धा भएको थियो । अन्तिम प्रतिस्पर्धा अन्तर्गत अन्तर्गत सम्मिलित ३० समुहमध्ये ७ वटा समुहलाई छनौट गरिएको थियो ।
छनौट सुचिमा परेको समुहहरु माँ दुर्गा झिझिया ग्रुप भठिहन,रोयल धनुषा किड्स भठिहन,न्यु मोर्डन इङलिस बोर्डिङ स्कुल सतोषर,मोहिनी झिझिया ग्रुपरघुनाथपुर,श्री शेखर जनचेतना राप्रावी भठिहन B,श्री जनता मावि सिमराढी गढी,भठिहन बजार समिति झिझिया ग्रुप बिच भएको फाईनलमा मोहिनी झिझियाग्रुप रघुनाथपुर प्रथम ,जनता मावि सिमराढी गढी दोस्रो र तेस्रो स्थान न्यु मोर्डन इङलिस बोर्डिङ स्कुल सतोषरले हासिल गरेका छन।
प्रथम विजेता समुहलाइ नगद १५ हजार,दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार नगद राशि सहित सम्मान गरिएका छन। अन्य सहभागी समुहलाई २१ सय गरिपुरस्कार सहित सम्पुर्ण सहभागीलाई हौसला बढाएको सबैला नगरपालिकाको पुर्व नगर प्रमुख तथा मेला समितिको अध्यक्ष बिजय शंकर प्रसाद साहलेबताउनुभयो।
यस्तै झिझियामा सहभागीलाई दोसल्ला सहित सम्मानित गरेसंगै विजयी समुहलाइ सबैला नगरपालिकाका नगर उपप्रमुख रहिमा खातुनले शैक्षिक सामाग्रीबितरण गरि मनोबल बढाएका थिए।


